Sep 19 2024 | २०८१, असोज ३ गते

राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास भएन : मन्त्री गिरी

राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास भएन : मन्त्री गिरी

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १२ २०८०
  • राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास भएन : मन्त्री गिरी

    पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकेको बताएका छन् ।

    images
    images

    पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएको भेटघाटमा उनले देशमा स्थिर सरकारको आवश्यकता औँल्याए । पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए ।

    उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे । कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिँदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए ।

    कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए । कतिपय कानुन संशोधन गर्न जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरू बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरू अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या पनि समस्या परेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट