Sep 19 2024 | २०८१, असोज ३ गते

नेपालमा ओभर-स्टे गरेका पाँच बंगाली पक्राउ

नेपालमा ओभर-स्टे गरेका पाँच बंगाली पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
  • नेपालमा ओभर-स्टे गरेका पाँच बंगाली पक्राउ

    काठमाडौँ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका (ओभर-स्टे गरेका) पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।

    images
    images

    पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

    उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरूलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो।

    विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो। निजहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट