Sep 19 2024 | २०८१, असोज ३ गते

प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
  • प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

    images
    images

    कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    “पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि नेपाल विद्यार्थी सङ्घमा रहेर जोशीले गरेको योगदान महत्वपूर्ण छ, उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ढङ्गले लाग्ने व्यक्ति हुनुहुन्थ्यो,” नेता सिंहले भने ।

    जोशीले उद्योगमन्त्री भएको बेलामा आफ्नो क्षेत्र र देशको हितमा गरेको काम सदा स्मरणीय रहने नेता सिंहले उल्लेख गरे । “जोशी कांग्रेसमा रहेर विचार प्रदान गर्नुहुन्थ्यो, उहाँ कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो,” नेता सिंहले भने । जोशी लौहपुरुष गणेशमान सिंहको सच्चा अनुयायी भएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट