Sep 19 2024 | २०८१, असोज ३ गते

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत १३ २०८०
  • धनगढीका मेयर गोपाल हमालकी छोरी आरती गोवाबाट सम्पर्कविहीन

    काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा आफ्नो छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भारतको गोवामा बस्दै आएकी आफ्नी जेठी छोरी आरती सोमबारदेखि सम्पर्कविहीन भएको बताएका छन्।

    images
    images

    छोरीको साथीबाट उनी सम्पर्कविहीन भएको जानकारी पाएको भन्दै खोजीका लागि सहयोग गरिदिन उनले अनुरोध गरेका छन्।

    उनले लेखेका छन्,’मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु। साथै मेरो कान्छी छोरी आरजु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाइल न. 9794096014 / 8273538132/ 9389607953 मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट