Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत १४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत १४ २०८०
  • तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण  भएको छ । 

    images
    images
    images

    तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन् । 

    पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट