Sep 19 2024 | २०८१, असोज ३ गते

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् छलफलका विषय

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् छलफलका विषय

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
  • मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् छलफलका विषय

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक दिउँसो ४ बजेका लागि डाकिएको छ ।

    images
    images

    आज बस्ने बैठकमा राष्ट्रिय भूमि आयोग पुनर्गठनको बारेमा छलफल हुनेछ । यसअघि गत साताको मन्त्रिपरिषद् बैठकले केशव निरौला नेतृत्वको आयोग विघटन गर्ने निर्णय गरेको थियो । नयाँ सत्ता गठबन्धन बनेपछि आयोग पनि पुनर्गठन गर्न लागिएको हो ।

    यसअघि आयोगको अध्यक्ष रहेका निरौला नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका थिए । सरकारले अब नेकपा एमालेको कोटाबाट आयोगको अध्यक्ष नियुक्त गर्ने तयारी गरेको छ । एमालेले पुरानै अध्यक्ष देवी ज्ञवालीलाई निरन्तरता दिने मनसाय बनाएको छ ।

    त्यस्तै आजको बैठकमा टिकटकमाथिको प्रतिबन्ध फुकुवाबारे पनि छलफल हुने स्रोतको भनाइ छ । गत कार्तिकदेखि सरकारले टिकटकमाथि प्रतिवन्ध लगाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार