Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न महानगरको एक महिने अल्टिमेटम

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न महानगरको एक महिने अल्टिमेटम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न महानगरको एक महिने अल्टिमेटम

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको हो ।

    images
    images

    शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नुपर्ने महानगरले जनाएको छ ।

    महानगरपालिका अन्तर्गतको शिक्षा विभागले निकालेको सूचनामा नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न सबै निजी विद्यालयहरुलाई अनुरोध गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट