Sep 08 2024 | २०८१, भदौ २३ गते

आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए ले टस जित्यो

आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए ले टस जित्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए ले टस जित्यो

    काठमाडौँ । आयरल्यान्डको ए टोलीविरुद्धको पहिलो ट्वान्टीट्वान्टी खेलमा खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीले टस जितेको छ ।
     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् । यससँगै आयरल्यान्डको ए टोलीले पहिला ब्याटिङ गर्ने भएको छ । हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो । 
     
    नेपालको टोलीको प्लेइङ एघारमा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेञ्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी रहेका छन् । 

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट