Sep 19 2024 | २०८१, असोज ३ गते

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।
        
    आज शुक्रबार आयोजित नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) को १०औँ वार्षिक साधारणसभामा सञ्चारमन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पु-याउन सकिन्छ र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले काम गर्नुपर्ने बताइन् । विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
        
    भूकम्पपछिको पुनःनिर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको बताइन् । इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उनले आग्रह गरे । आगामी बैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरेको उनको भनाइ छ ।
        
    “नेपालले लगानी सम्मेलन आयोजना गर्दैछ । वैदेशिक लगानी भित्र्याउनका लागि थप सहज बनाउन दर्जनभन्दा बढी कानुन ‘फास्टट्र्याक’मा संशोधन हुँदैछन्”, सञ्चारमन्त्री शर्माले भनिन्, “सरकारले सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्राथमिकता राखेको छ । नेपालमा यसको सम्भावना पनि राम्रो देखिएको छ ।”

    images
    images

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट