Sep 19 2024 | २०८१, असोज ३ गते

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्रीको विश्वास

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्रीको विश्वास

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्रीको विश्वास

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताएका छन्। 

    images
    images

    राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय तहलाई आवश्यकपर्ने कर्मचारी सधैँ अभाव हुने, कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारबाहीमा बाधा परिरहेकोलगायत विषय समाधान गरिने बताए । 

    “कार्यविस्तृतीकरणको प्रतिवेदन तयार भएपछि तहगत अन्तरसम्बन्ध, अधिकार क्षेत्रको बाँडफाँट तथा अन्तर तह समन्वयका बारेमा यहाँ छलफलमा उठेका विषय, कार्यसम्पादनमा देखिएका समस्या तथा अस्पष्टता अन्त्य हुने र यो सङ्घीय प्रणाली कार्यान्वयनको कोशेढुङ्गा सावित हुनेछ”, प्रधानमन्त्री दाहालले भने ।

    प्रदेश र स्थानीय तहबीच वा प्रदेशभित्रका एकभन्दा बढी जिल्लाभित्रका स्थानीय तहबीचको समन्वय तथा  अन्तरसम्बन्धलाई व्यवस्थित गर्न मुख्यमन्त्रीको संयोजकत्वमा रहेको प्रदेश समन्वय परिषद् एवं विषयगत समितिका बैठकलगायतका अभ्यास भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले संविधानअनुरुप सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुनी, नीतिगत तथा संरचनागत विषय पहिचान भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट