सुदूर सरकार तत्काल छाड्न संसदीय दललाई रञ्जिताको निर्देशन
सुदूर सरकार तत्काल छाड्न संसदीय दललाई रञ्जिताको निर्देशन
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकार तत्कानल छाड्न सांसदलाई निर्देशन दिएकी छन् । आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् ।
१४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठक अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।
सुदूर सरकार भत्काउन र जोगाउने निर्णायक देखिएको नाउपामा सरकारमा रहने की छाड्ने भन्नेमा चर्को विवाद देखिएको छ ।
अध्यक्ष रञ्जिता सरकार छाडेर नयाँ गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन् भन उनका श्रीमानसमेत रहका पार्टीका संरक्षक रेशम चौधरी कांग्रेस नेतृत्वको सरकारमा रहनुपर्ने पक्षमा छन् । श्रीमान श्रीमतीको घर झगडाले पार्टीनै विभाजन हुने स्थिति सिर्जना भईरहेको छ ।