Sep 20 2024 | २०८१, असोज ४ गते

कोटिभिटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोडको मुद्दा

कोटिभिटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोडको मुद्दा

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
  • कोटिभिटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोडको मुद्दा

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा कोटिभिटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २२ हजार रुपियाँको मुद्दा दायर गरेको छ।

    images
    images

    राजस्व अनुसन्धान विभागले कोटिभिटीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार बिगो र त्यति नै परिमाणमा जरिवानासहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । यो विभागले दायर गरेको हालसम्मकै ठूलो राजस्व छलीको मुद्दा हो।

    विभागका महानिर्देशक नवराज ढुंगानाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २ (छ) (१) बमोजिम मुद्दा दायर गरिएको जानकारी दिए।

    उनका अनुसार एउटै व्यावसायिक कम्पनीलाई यति ठूलो मात्राको सजाय मागदाबी गरी अभियोग दायर गरेको यो पहिलोपटक हो। विभागले यति ठूलो भ्रष्टाचार र राजस्व छली प्रकरणमा जोडिएका राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष लेखी पठाउने निर्णयसमेत गरेको छ।

    महानिर्देशक ढुंगानाले राजस्व चुहावट नियन्त्रणमा विभागले तथ्यमा आधारित रही अनुसन्धान र छानबिनलाई जोड दिँदै राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही गर्दै आइरहेको बताए।

    अनुसन्धानको क्रममा सेयरधनी दर्ता किताब विश्लेषण गर्दा भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्रालि (प्रा.लि.नं.२८३३४र०६०र६१) को नाममा २०७१ साल पुष ६ मा सेयरधनी दर्ता किताबमा डिटु हकाई, इंक, २०७१ साल चैत्र १३ गतेको सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक, यस्तै, २०७२ साल असार ४ मा सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इंक (सेयर बृद्धि) उल्लेख भएको र यसरी विभिन्न समयमा यस्तो कार्य परिवर्तन भइरहेको पाइएको थियो।

    विभागले छानबिन गर्दा सो कम्पनीको विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भए तापनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारअन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुनबमोजिम तिर्नु बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन,२०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको पाइएको छ ।

    कोटीभिटी नेपाल प्रालि (प्यान नं. ३०१६१६१९१) नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो। कम्पनीको साविकको नाम भर्सिक इन्फरमेसन टेक्नोलोजी प्रालि र पटक–पटक परिवर्तन भएको पाइएको छ। हाल भने सो कम्पनीले कोटिभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आइरहेको थियो।

    विभागका अनुसार कम्पनीको आ.व. २०७२र७३ मा कुल १७ लाख ५ हजार २ सय २ कित्ता सम्पूर्ण सेयर भेरिक्स हेल्थ इंक, संयुक्त राज्य अमेरिकाको नाममा रहेको देखिएको थियो। २०७५ साल जेठ २१ गते कम्पनीको तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल सेयरधनी भर्सेन्ड टेक्नोलोजी इंक, संयुक्त राज्य अमेरिका रहेकोमा २०७५ कार्तिक २६ मा कम्पनीको तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताबअनुसार कम्पनीको एकल सेयरधनी कोटीभिटी इंक संयुक्त राज्य अमेरिका रहेको पाइएको थियो ।

    राजस्व अनुसन्धान विभागका अनुसार विभिन्न तथ्यबाट सो कम्पनीले आफूमा रहेको निहित सेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानुनबमोजिमको कर दायित्व पूरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट(अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ को दफा ४ को देहाय(क)र(च) बमोजिमको कसुर गरेको पुष्टि भएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट