Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौँ महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

काठमाडौँ महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
  • काठमाडौँ महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको छ ।महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको हो । 

    images
    images

    महानगरले नगर प्रहरी नियुक्तिका लागि गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको थियो ।

    महानगरले थप गरेको ४४ जना नगर प्रहरीलाई तालिममा राखेको हो । नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने अधिकारीले बताए । यसअघि शारीरिक तालिम प्रदान गरिसकिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ । आजदेखि हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड्युटीमा खटाइनेछ ।

    तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने पाण्डेले बताए । ‘स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिने छौं’ उनले भने । १० दिनको तालिम सकिएपछि परीक्षा लिइनेछ । यसपछि प्रमाण पत्र प्रदान गरिनेछ ।

    नगर प्रहरीको तालिमका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुने भन्दै महानगरको छवि नगर प्रहरीको काँधमा रहेको बताए ।

    ‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ,’ उनले भने ।

    काठमाडौं महानगरपालिकाले सहरी व्यवस्थापनको नाममा फुटपाथ तथा साना सडक व्यवसायीलाई न्यूनतम मानवीय संवेदना समेत ख्याल नगर धरपकड गरेको भन्दै आलोचना हुँदै आएको छ । गत महिना मात्रै महानगर प्रहरीको आक्रमणबाट सुन्धारामा ६ फुटफाथ व्यवसायी घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट