images

Jul 27 2024 | २०८१, साउन १२ गते

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड , प्रतितोला एक हजार ६ सयले बढ्यो

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड , प्रतितोला एक हजार ६ सयले बढ्यो

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
  • सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड , प्रतितोला एक हजार ६ सयले बढ्यो

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ । 

    यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ । 

    यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार