images

Jul 27 2024 | २०८१, साउन १२ गते

नेपालले दियो आयरल्यान्डलाई २१४ रनको चुनौती

नेपालले दियो आयरल्यान्डलाई २१४ रनको चुनौती

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत १९ २०८०
  • नेपालले दियो आयरल्यान्डलाई २१४ रनको चुनौती

    काठमाडौँ । आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम टि–ट्वान्टी खेलमा आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनायो । 

    नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए । उनले ४८ बल खेल्दै सात चौका र छ छक्काको सहयोगमा अविजित ९३ रनको योगदान गरेका हुन् । त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन शर्राफले १३ रन जोडे । बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए । त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनालले ६ रनमा आउट भए । 

    बलिङतर्फ आयरल्यान्ड ए का फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक/एक विकेट लिए । अहिले आयरल्यान्ड ए जवाफी ब्याटिङमा उत्रेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार