Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभा बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने

प्रतिनिधि सभा बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २० २०८०
  • प्रतिनिधि सभा बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ। बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

    images
    images

    संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्री नवल किशोर साह सुडी, संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र जलसोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले संसदमा उठेका मौखिक पश्नहरूको जवाफ दिनेछन्।

    यस्तै, बैठकमा सभामुख देवाज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम पनि हेरफेर गर्नेछन्। साथै, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमिस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसचीमा उल्लेख छ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संघीय संसद सचिवालयलका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट