Sep 08 2024 | २०८१, भदौ २३ गते

नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’

नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २१ २०८०
  • नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’

    काठमाडौँ ।  नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ । 

    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो । सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्डले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो । 

    आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२/१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।

    नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट