Jan 30 2025 | २०८१, माघ १७ गते

images
images

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २१ २०८०
  • आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

    काठमाडौँ । आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा सामान्य लक्ष्य पनि पूरा गर्न सकेन ।

    images
    images
    images

    अनुभवी ब्याटर नचल्दा आयरल्याण्ड ‘ए’ले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पनि नेपाल ‘ए’ले पूरा गर्न सकेन । नेपाल ‘ए’को टोली २५ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ३६ रनमा समेटियो । नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए । साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए । नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    आयरल्याण्ड ‘ए’को जितमा म्याथ्यु हम्फ्रिजले पाँच र लियाम मकार्थीले चार विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले अग्रता लिएको छ ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो । सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्ड ‘ए’ले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो । उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो । 

    आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए । त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२/१२ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन् ।

    नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट