मुख्यमन्त्री चौधरीको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
मुख्यमन्त्री चौधरीको विपक्षमा मतदान गर्ने जसपाको निर्णय
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।