Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौँका मेयरको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

काठमाडौँका मेयरको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • काठमाडौँका मेयरको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

    काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहको चरित्र हत्या गरेको सम्बन्धी मुद्दाको अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    images
    images

    फागुन ३० मा प्रहरीले पक्राउ गरेका रामचन्द्र पौडेललाई चैत १ मा जिल्ला अदालत काठमाडौँले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

    सो मुद्दाको अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

    काठमाडौँ महानगरपालिकाको पत्रको आधारमा प्रहरीले आरोपीविरुद्ध विद्युतीय कारोबारे ऐन–०६४ को कसुरमा अनुसन्धान गरेको थियो । पौडेलले मेयर शाहको चरित्र हत्या गरेको आरोप छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट