Sep 20 2024 | २०८१, असोज ४ गते

वाइडबडी भ्रष्टाचारमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा

वाइडबडी भ्रष्टाचारमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • वाइडबडी भ्रष्टाचारमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

    images
    images

    अख्तियारले शाहीसहित पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारलगायत विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    पूर्वमन्त्री शाही कर्णाली प्रदेशका बहालवाला प्रदेशसभा सदस्य र पूर्वमुख्यमन्त्री समेत हुन्। उनी पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए ।

    उनीहरूले १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैया हानीनोक्सानी गरेको अभियोग मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार सोही बराबरको बिगो असुल गर्न माग गरिएको छ। यो प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् ।

    वायुसेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा ,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाहलगायतलाई पनि प्रतिवादी बनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट