Nov 25 2024 | २०८१, मंसिर १० गते

images

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ ।

    images
    images
    images

    देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय ट्रेड युनियन अभ्यास, श्रमिक आन्दोलन तथा अधिकार, कम्युनिष्ट आन्दोलनका विकासमा श्रमिकका योगदानलगायत विषयमा छलफल गरिने छ ।

    शनिबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय पार्टी स्कुल विभाग सचिव अशेष घिमिरेले ‘क्रान्तिको शिक्षण शास्त्र’  बारेमा प्रशिक्षण दिएका छन् । उनले प्रशिक्षणका क्रममा शिक्षा राजनीतिबाट अलग भएको नभएर राजनीतिसँग एकाकार भएको बताए । 

    पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले मान्छेको स्वतन्त्रताका लागि संवाद र क्रान्तिकारी  विधिको महत्वपूर्ण भूमिका हुने जानकारी दिए । उनका अनुसार काठमाडौँमा ‘ट्रेनिङ अफ ट्रेनर्स’ कार्यक्रम विभिन्न प्रदेशमा पनि सञ्चालन गरिने छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार