Sep 19 2024 | २०८१, असोज ३ गते

बझाङ उपनिर्वाचन : राप्रपाले बनायो किशोर खड्कालाई उम्मेदवार

बझाङ उपनिर्वाचन : राप्रपाले बनायो किशोर खड्कालाई उम्मेदवार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • बझाङ उपनिर्वाचन : राप्रपाले बनायो किशोर खड्कालाई उम्मेदवार

    बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेश निर्वाचनको लागि किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रदेश सभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि खड्कालाई अघि सारेको हो ।

    images
    images

    जनताले युवा उम्मेदवार खोजेकोले लामो समयदेखि पर्यटन व्यवसायमा लागेका खड्कालाई उम्मेदवार बनाइएको राप्रपा बझाङका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए । खड्का पूर्व पत्रकार समेत हुन् ।

    सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिलामन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भए पछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार