Nov 25 2024 | २०८१, मंसिर १० गते

images

ठमेललाई २४ घण्टा खुलाउनु अघि घरधनीको सम्भावित डिप्रेसनबारे सोचौं : उपमेयर डंगोल

ठमेललाई २४ घण्टा खुलाउनु अघि घरधनीको सम्भावित डिप्रेसनबारे सोचौं : उपमेयर डंगोल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • ठमेललाई २४ घण्टा खुलाउनु अघि घरधनीको सम्भावित डिप्रेसनबारे सोचौं : उपमेयर डंगोल

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यवसायिक उद्देश्यले आउने गरेको बताएकी छन् । गृहमन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला गर्ने सन्दर्भमा सरोकारवालासँग आयोजना गरेको छलफलमा उपमेयर डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको बताइन् ।

    images
    images
    images

    डंगोलले भनिन्, ‘सडकमा माग्नेहरू दुःख परेर भन्दा पनि व्यवसायिक ढंगले आउने रहेछन् । काम गरेरभन्दा मागेर धेरै कमाइ हुन्छ भनेर उनीहरूले नै भनेका छन् । यसअघि पनि महानगरमा सडक मानवमुक्त अभियान सुरू भएको हो, तर सफल भएको छैन । तथ्य जाँच गर्दा उनीहरु व्यवसायिक ढंगले माग्ने र घर घडेरी जोड्ने गर्दा रहेछन् ।’

    उपमेयर डंगोलले चौबिसै घण्टा बजार खुला गर्ने निर्णय ठीकै भए पनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताइन् । उनले न्यूरोड जस्तो ठाउँमा दिउँसै सुरक्षा दिन सकस भइरहेका बेला रातिको सुरक्षाबारे सोच्नुपर्ने बताइन् । डंगोलले भनिन्, ‘ठमेलमा घरधनीहरु बस्छन् । न्यायिक समितिमा धेरै यस्ता उजुरी ठमेलबाट आएका छन् कि ध्वनी प्रदुषणले गर्दा डिप्रेसनमा गएँ, सुत्न नसकेर बिरामी भइयो, स्लिपिङ ट्याबलेट खानुपरेकोजस्ता उजुरी छन् । साउण्ड प्रुफलाई बाध्यकारी बनाइनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार