Sep 19 2024 | २०८१, असोज ३ गते

पोखरामा राप्रपा नेतासँग एमाले अध्यक्ष ओलीको भेट

पोखरामा राप्रपा नेतासँग एमाले अध्यक्ष ओलीको भेट

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • पोखरामा राप्रपा नेतासँग एमाले अध्यक्ष ओलीको भेट

    कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गरेका छन् ।

    images
    images

    नेकपा एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ  समारोहलाई सम्बोधन गर्न यहाँ आएका अध्यक्ष ओलीले राप्रपाका गण्डकी प्रदेशका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेट गरेका हुन् ।

    भेटमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले जानकारी दिए ।

    चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल बनेको छ ।

    राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले–माओवादी गठबन्धन सो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

    अध्यक्ष ओलीले गण्डकी प्रदेशको समसामयिक राजनीति सम्बन्धमा छलफल गरेको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले बताए । सरकार गठनमा सहयोगका सम्बन्धमा राप्रपाको केन्द्रीय समितिसँग सहकार्य गरेर आएमा आफूहरू सहयोगका लागि तयार रहने गुरुङले बताए । पार्टीको निर्देशन बाहिर जान नसकिने कुरा अध्यक्ष ओलीसँग स्पष्ट रुपमा जानकारी गराइएको उनले जानकारी दिए ।  

    साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई सदस्य छन् भने स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार