Sep 19 2024 | २०८१, असोज ३ गते

इलाम क्षेत्र नं २ उपनिर्वाचनः छजनाको मनोनयन दर्ता

इलाम क्षेत्र नं २ उपनिर्वाचनः छजनाको मनोनयन दर्ता

एभरेष्ट हेडलाइन्स
शनिबार, चैत २४ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, चैत २४ २०८०
  • इलाम क्षेत्र नं २ उपनिर्वाचनः छजनाको मनोनयन दर्ता

    इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि केहीबेर अघिसम्म छजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

    images
    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई रहेका छन् । 

    सवै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसलगायत दलका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार