Sep 08 2024 | २०८१, भदौ २३ गते

उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २५ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत २५ २०८०
  • उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

    काठमाडौँ । भोलि उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ ।

    images
    images

    त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ । दिउँसै अँध्यारो हुने गरी लाग्ने खण्डग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।

    सबैभन्दा लामो खण्डग्रास सूर्यग्रहण सात मिनेट ३२ सेकेन्डसम्म हुनसक्ने नासाले जनाएको छ । कुनै एक ठाउँबाट खण्डग्रास सूर्यग्रहण देखिएको झण्डै तीन सय ७५ वर्षपछि मात्रै त्यही ठाउँबाट अर्को खण्डग्रास सूर्यग्रहण देखिन्छ । तर पृथ्वीको कुनै अर्को ठाउँमा भने चाँडै पनि हुन सक्छ ।    

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट