Sep 19 2024 | २०८१, असोज ३ गते

सभामुखले छलफलमा बोलाएपछि कांग्रेस पदाधिकारी बैठक 

सभामुखले छलफलमा बोलाएपछि कांग्रेस पदाधिकारी बैठक 

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • सभामुखले छलफलमा बोलाएपछि कांग्रेस पदाधिकारी बैठक 

    काठमाडौँ । सहकारी ठगी प्रकरणको विषयलाई लिएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक छलफलमा जुटेका छन्। सभामुख देवराज घिमिरेले दिउँसो २ बजे शीर्ष चार दलका नेतासँग छलफल गर्ने भएपछि आज बिहान आफ्नै निवासमा देउवा छलफलमा जुटेका हुन्। देउवा सचिवालयका अनुसार उनले बूढानीलकण्ठमा अहिले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीबीच छलफल गरिरहेका छन्। देउवाले दिउँसो सभामुखसहित सत्ता पक्ष र प्रतिपक्षबीच हुने बैठक र संसद बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेका हुन्।

    images
    images

    सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति एवम् गृहमन्त्री लामिछानेलाई छलफलका लागि दिउँसो २ बजे सिंहदरबारमा बोलाएका छन्।

    कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न निरन्तर माग गरिरहेको छ। यस अगाडिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले कांग्रेसले दिएको अल्टिमेटम सकिएकाले आगामी बैठकमा संसदीय छानविन समिति नआए संसद ठप्प पार्ने उद्घोष गरेका थिए। नयाँ सत्ता समीकरण बनेर लामिछाने गृहमन्त्री भएसँगै कांग्रेसले निरन्तर उनीमाथि प्रश्न उठाउँदै आएको छ। सत्तारुढ दलले भने कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति गठन नहुने धारणा राख्दै आएका छन्। 
     
    सभामुखसँगको भेटमा उनीहरुबीच कांग्रेसको माग र सदनलाई नियमित सञ्चालन गर्न कसरी सकिन्छ भन्ने विषयमा पनि छलफल हुने छ।  प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार