Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्यले लगातार तोड्दै रेकर्ड,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले लगातार तोड्दै रेकर्ड,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • सुनको मूल्यले लगातार तोड्दै रेकर्ड,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको थियो । सोमबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो सोमबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट