Sep 19 2024 | २०८१, असोज ३ गते

बूढानीलकण्ठ बैठक : गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

बूढानीलकण्ठ बैठक : गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • बूढानीलकण्ठ बैठक : गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो ।

    images
    images

    संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । उनले भने, ‘आज समग्र विषयमा पदाधिकारी बैठकमा छलफल भयो । त्यसबारे थप निर्णय लिनको लागि भोलि बिहान ८ बजे संसदीय दलको बैठक बसेर निर्णय लिन्छ ।’

    यता, कांग्रेसले आफ्नो अडानबाट पछि नहट्ने संकेत देखाएपछि सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्दैछन् । त्यही छलफलमा जानुअघि देउवाले पार्टी पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।

    सभामुखले देउवासहित प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गर्दैछन् । तर, सरकारले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नको लागि समिति बनाउने पक्षमा छैनन् ।

    सरकारलाई कांग्रेसले भोलिसम्मको ‘अल्टिमेटम’ दिएको छ । भोलि समिति नबनाए बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार