Sep 19 2024 | २०८१, असोज ३ गते

गृहमन्त्रिलाई प्रदीप पौडेलको प्रश्न - दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? 

गृहमन्त्रिलाई प्रदीप पौडेलको प्रश्न - दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? 

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • गृहमन्त्रिलाई प्रदीप पौडेलको प्रश्न - दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? 

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा  गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images

    उनले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे। उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे।

    उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गरे। उनले कुनै पनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताए। उनले प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने नभए पनि आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको बताए।

    उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने बताए। उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए। उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्यसत्य के हो ? भन्नेकुरा खोजिनुपर्छ। प्रश्न उठ्दैमा आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन। तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो। सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ। प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन। सुशासन पहिलो चाहना र आवश्यकता हो। सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ। भ्रष्टाचार अन्त्य गर्न आजसम्मका जतिपनि घटना छन्, काण्डहरु छन्, त्यसको छानबिन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ। निष्पक्ष ढंगले छानबिन हुने स्थिति हामीले सिर्जना गर्नुपर्छ।'

    सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानविन समितिहरू बन्ने गरेको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार