Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उचित भएको कांग्रेसको निर्णय

संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उचित भएको कांग्रेसको निर्णय

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उचित भएको कांग्रेसको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनका लागि उठाउँदै आएको माग उचित भएको निर्णय गरेको छ।

    images
    images
    images

    मंगलबार संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले गरेका निर्णयहरूबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

    ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’

    कांग्रेसले समिति गठन नगरे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने चेतावनी दिएको छ । सहमतिका लागि सभामुख देवराज घिमिरेले सोमबार बोलाएको छलफलमा समेत नेताहरुले अडान नछोडेपछि संसदमा टकरावको अवस्था आउने देखिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट