Sep 19 2024 | २०८१, असोज ३ गते

बालुवाटारको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

बालुवाटारको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • बालुवाटारको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

    काठमाडौँ । संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ ।

    images
    images

    छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए ।

    नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद् बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ ।

    अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसद्‌मा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसद्‌मा आज झडप हुने समेत अनुमान गरिएको छ ।

    यही छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । कांग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार