Sep 19 2024 | २०८१, असोज ३ गते

बालुवाटारमा भएको छलफलमा सहमति नजुटेपछि सभामुखले बोलाए सचेतकहरुको बैठक

बालुवाटारमा भएको छलफलमा सहमति नजुटेपछि सभामुखले बोलाए सचेतकहरुको बैठक

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • बालुवाटारमा भएको छलफलमा सहमति नजुटेपछि सभामुखले बोलाए सचेतकहरुको बैठक

    काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा भएको छलफलमा दलहरुबीच सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् ।

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रसरतामा बैठक बोलाइएको थियो । सो बैठकमा सहमति नभएपछि सभामुखले प्रमुख सचेतकहरुको बैठक बोलाएको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाका आजको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

    बालुवाटारको बैठकमा  सभामुख घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थिती थियो ।

    सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनको कारबाही अवरोध गर्ने बताउँदै आएको छ । दलहरुबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो ।

    सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिएपनि सहमति हुन नसकेको उनको सचिवालयले जनाएको छ । सभामुखले सोमबार पनि प्रमुख दलका नेताहरुसँग सिंहदरबारमा छलफल गरेका थिए । सो छलफलमा समेत दलहरुबीच सहमति हुन सकेको थिएन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार