Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेसलाई गृहमन्त्री रवि लामिछानेको जवाफ: उजुरी पर्दैमा छानबिन गर्नु पर्दैन

कांग्रेसलाई गृहमन्त्री रवि लामिछानेको जवाफ: उजुरी पर्दैमा छानबिन गर्नु पर्दैन

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • कांग्रेसलाई गृहमन्त्री रवि लामिछानेको जवाफ: उजुरी पर्दैमा छानबिन गर्नु पर्दैन

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने अडान लिएका छन्। उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने शर्त अघि सारेका छन्।

    images
    images

    कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेपछि मंगलबार संसद भवन परिसरमा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर गरे।

    उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानविन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गर्न तयार हुन पनि कांग्रेससँग प्रस्ताव गरे।

    ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरुको छानविन गरौं । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौ–कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्नुपर्छ । अस्ती राजीनामा दिनुभएको हो र ? झण्डा हल्लाएर अख्तियारमा बयान दिन जानु भएको हो, लामिछानेले अगाडि भने,

    ‘हामीले त भनेका छौ नि प्रश्न उठ्ने वित्तिकै ठाडो कसैले जाहेरी, सूचना, निवेदन दिने वित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ । आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौँ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार