Sep 19 2024 | २०८१, असोज ३ गते

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
  • उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ ।

    images
    images

    इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो ।

    बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न  प्रदान गरिएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार