प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदको वैठक बोलाएका छन् । बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्न लागेको हो ।
शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्याइएको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।