Sep 19 2024 | २०८१, असोज ३ गते

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन : लिङ्देन

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन : लिङ्देन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत ३० २०८०
  • राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन : लिङ्देन

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीलाई अब कसैले नजरअन्दाज गर्न नसक्ने बताएका छन्। आजबाट धुम्बाराहीमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै लिङदेनले त्यस्तो बताएका हुन्।  

    images
    images

    बैठकमा हालै सम्पन्न काठमाडौँ केन्द्रीत जनप्रदर्शनको समिक्षा भइरहेको एक नेताले जानकारी दिए।  प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको दाबी प्रस्तुत गरेका छन्। 

    जनप्रदर्शनबाट पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको उनको भनाई थियो। उनले प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद दिएका छन्। कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार