Sep 20 2024 | २०८१, असोज ४ गते

मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली

मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख १ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, वैशाख १ २०८१
  • मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताए । उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताए। 

    images
    images

    उनले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताए । उनले, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उनले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए ।
     
    संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उनले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताए । 

    “संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उनले भने, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक(पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”

    उनले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताए । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उनले भने । 

    बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी)सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट