Sep 20 2024 | २०८१, असोज ४ गते

स्वास्थ्य सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो : गगन थापा

स्वास्थ्य सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो : गगन थापा

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
  • स्वास्थ्य सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो :  गगन थापा

    काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुणस्तरीय स्वास्थ्य सेवा नभएमा दिनु र नदिनुको कुनै अर्थ नरहने बताएका छन्। 

    images
    images

    उनले अहिले स्वास्थ्य उपचार सेवामा पहुँचले मात्रै नपुग्ने बताए। ह्याम्स अस्पतालले हालै गरेको एक संवाद कार्यक्रममा उनले भने, ‘स्वास्थ्य सेवा होइन, गुणस्तरीय स्वास्थ्य सेवा  दिनुपर्छ। नत्र स्वास्थ्य सेवा दिनु र नदिनुको कुनै अर्थ हुँदैन। अहिले स्वास्थ्यमा सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो।’ स्वास्थ्यमा भइरहेको ‘ब्रेन ड्रेन’लाई लिएर भएको संवादमा उनले अहिले बहश सही कोणबाट नभएको उल्लेख गरे। उनले थपे,  ‘स्वास्थ्यको जनशक्तिको कुरा गर्दा दिन खोजेको सेवा कस्तो हो ? भन्ने  कोणबाट हेर्नुपर्छ । त्यसका लागि कति जनशक्ति चाहिन्छ ?  कस्तो जनशक्ति चाहिन्छ ? त्यही अनुसार उत्पादन हुनुपर्छ।’

    आफूले जनतासँग संवाद गर्न गाउँ पसिरहँदा १५ मिनेटको दूरीमा एउटा अस्पतालको भवन बनिरहेको भेटिएको बताए। पालिका अस्पताल भन्ने अवधारणाका कारण बनाइएका ती भवनको आवश्यकताका विषयमा समेत बहश गर्नुपर्ने बेला आएको उल्लेख गरे। उनले भने,  ‘एउटा पालिकामा एउटा अस्पतालको अवधारणामा जनशक्ति पुर्याउन सकिन्छ कि सकिदैन भन्ने हेरिनुपर्छ। जनशक्ति कति उत्पादन मात्रै होइन, हाम्रो प्रणाली कस्तो हुन्छ भन्ने कुरा समेत एकै ठाउँ राखेर हेर्नुपर्छ।’ नेपाललाई चिकित्सा शिक्षाको हब बनाउने कोणबाट कुरा भइरहेको विषय पनि सोलोडोलो हेर्न नमिल्ने उनले बताए।

    भारतबाट विद्यार्थी ल्याएर मेडिकल कलेज चलाउने विषयलाई उनले सूचना प्रबिधिको हब बनाउने कुरासँग जोडेर नबुझ्न आग्रह गरे। उनले भने,  ‘सूचना प्रविधिको हब बनाउने भन्दै गर्दा १० हजार जनशक्ति थप्नका लागि त्यो अनुसार कलेज खोल्ने अनुमति दिन सकिन्छ। मेडिकल कलेज त्यस्तो होइन । ह्वारह्वार्ती भौतिक संचरना बनाउने, फ्याकल्टी ल्याउने र विद्यार्थी पनि बाहिरबाट ल्याएर चलाउने कुरा गर्न सकिएला। तर, मुख्य कुरा बिरामीको उपलब्धता हो । कम्युनिटी इन्गेजमेन्ट चाहिन्छ। ती बिरामी कहाँबाट ल्याउने ?’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट