सभामुखबाट संसद अधिवेशन अन्त्यको घोषणा
सभामुखबाट संसद अधिवेशन अन्त्यको घोषणा
काठमाडौँ । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको जानकारी गराए।
उनले भने, ‘प्रतिनिधिसभाको चालू अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदछु।’