Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
  • अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

    मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैँकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । 

    images
    images
    images

    उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म  ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।

    प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ । बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले  जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट