Sep 20 2024 | २०८१, असोज ४ गते

नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको छ: पूर्वअर्थमन्त्री लोहनी

नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको छ: पूर्वअर्थमन्त्री लोहनी

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
  • नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको छ: पूर्वअर्थमन्त्री लोहनी

    काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपाल राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताएका हुन् । साथै उनले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    images
    images

    उनले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताए । उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक स्थिरता देशको लागि आवश्यक भएको बताएका हुन् ।

    उनले भने,’मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक छ । त्यो संस्कृतिको आवश्यक छ । एकातिर चीन छ, एकातिर भारत छ, यो दुई वटा देशमा तीन कुराको समानता छ । एउटा समानता यो दुई वटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले नेतृत्व लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ ।’

    उनले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट