images

May 03 2024 | २०८१, वैशाख २१ गते

एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्म निर्णय गर्न अल्टिमेटम

एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्म निर्णय गर्न अल्टिमेटम

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्म निर्णय गर्न  अल्टिमेटम

    धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ ।  समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ ।

    images
    images

    सुदूरपश्चिममा समाजवादीले एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ । त्यसपछि पनि एमालेले निर्णय  नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने समाजवादीका एक नेताले जानकारी दिए ।

    बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको थियो । सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई अल्टिमेटम दिने अवस्थामा पुगेको हो ।  एमाले सुदूरपश्चिम संसदीय दलले भने केन्द्रको निर्देशन कुरेर बसेको बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट