images

May 09 2024 | २०८१, वैशाख २७ गते

उद्योग ब्यवशायी महासंघको अध्यक्षमा सापकोटा

उद्योग ब्यवशायी महासंघको अध्यक्षमा सापकोटा

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
  • उद्योग ब्यवशायी महासंघको अध्यक्षमा सापकोटा

    काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसंगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवशायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवशायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए ।

    images
    images

    अध्यक्षमा सापकोटाको साथ महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन । शिवाकोटी मेगा बैंकका पूर्व संचालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन ।

    एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवशायीहरु यस महासंघमा आवद्ध छन । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सन्जाल रहेको सो महासंघमा बिभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवशायी संघसंस्थाहरु सदस्य रहेका छन । सदस्यताको हिसावले यो नै सबैभन्दा ठुलो संजाल रहेको व्यवशायीहरुको महासंघ हो ।

    यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिबेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट