images

May 08 2024 | २०८१, वैशाख २६ गते

देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : प्रवक्ता महत

देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : प्रवक्ता महत

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
  • देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिँदैछ : प्रवक्ता महत

    सुनसरी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन्।

    images
    images

    सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिदैँ गएको बताए ।

    उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयबारे पछिल्लो समय छलफल नभएकोसमेत बताए ।

    ‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौँ पनि भनेका छन्। सबैको विचारहरू आइरहेका छन् । कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ । अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिदैँछ ।’

    उनले वर्तमान गठबन्धनमा रहेका दलहरू बीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे । अस्थिरताका कारण अन्तराष्ट्रिय स्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको बताए । कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको समेत उनले बताए ।

    ‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयम् गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैरकानुनीको विषय छर्लङ्गै भइसकेको छ । जुन निकायको प्रमुख उनी हुनुहुन्छ, उनलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौँ, जनतामाझ स्पष्ट छ ।’

    यसैबीच यही बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाममा पार्टीबाट यसअघिकै उम्मेदवार दोहोरिनु र स्थानीयस्तरका मानिसको दुःखसुखमा डम्बर खड्काले सहयोग गर्नुका कारण राम्रो माहोल भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट