Sep 28 2024 | २०८१, असोज १२ गते

बागमती प्रदेश युवा नीतिको मस्यौदा तयार

बागमती प्रदेश युवा नीतिको मस्यौदा तयार

एभरेष्ट हेडलाइन्स
सोमबार, असार २७ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, असार २७ २०७९
  • बागमती प्रदेश युवा नीतिको मस्यौदा तयार

    काठमाडौँ । वाग्मती प्रदेश सरकारले ‘प्रदेश युवा नीति–२०७९’को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूलप्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित् गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सिर्जनशीलताको पर्यायका रुपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । 

    images
    images

    बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको नीतिका बारेमा सोमबार  सरोकारवालाबीच छलफल गरिएको छ । छलफलमा युवामन्त्री रत्न ढकालले युवा नीतिलाई युवाका विकासको संवाहकको रुपमा तयार गरिने बताए ।

    उनले प्रदेश सरकारले युवा क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै युवा नीतिले युवाका समस्या समाधान तर्फ केन्द्रित हुने बताए । नीतिले प्रदेशमा रहेका स्रोत साधन प्रयोग गरी युवालाई आत्मनिर्भर बनाउने खालको रहने उनले बताए ।

    अहिले रहेका बेरोजगार युवालाई अवसरको रुपमा लिनुपर्ने भन्दै ती युवाबाट सरकारले धेरै भन्दा धेरै लाभ लिनसक्ने बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार