Sep 20 2024 | २०८१, असोज ४ गते

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
  • ‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । 

    images
    images

    सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए। महानगरले सार्वजनिक सूचनामार्फत सङ्कलन गरिएका आवेदकमध्ये एक सय ४५ जना स्वयंसेवक छनोट गरेर सामुदायिक विद्यालयमा परिचालन गरिएका पोखरेलले बताए । स्वयंसेवकमध्ये ४५ जनालाई युवा र बालबालिका (सम्पदा) कार्यक्रम तथा एक सय जनालाई वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि परिचालन गरिएका छन् । 

    पोखरेलका अनुसार महानगरपालिकाभित्रका ८९ सामुदायिक विद्यालयमा छ महिनाका लागि स्वयंसेवक परिचालन गरिएका छन् । स्वयंसेवकले हरेक हप्ताको दुई दिन (बिहीबार र शुक्रबार) विद्यालयमा समय दिनुपर्ने र शिक्षक तथा विद्यार्थीहरुसँग सहकार्य गरी ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेछ । 

    त्यसैगरी हरेक बिहीबार सम्पर्क शिक्षकसँगको समन्वयमा शुक्रबार विद्यालयमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने, विद्यालय हाता, कक्षाकोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ र फोहरको वर्गीकरण अभ्यासलाई संस्थागत गर्नेलगायत काममा स्वयंसेवकबाट योगदान हुने महानगरपालिकाले अपेक्षा गरेको छ । उनीहरूलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममासमेत सहभागी गराउन सकिने पोखरेलको भनाइ छ ।  

    महानगरपालिले स्वयंसेवकका लागि निश्चित आचारसंहिता पनि बनाइदिएको छ । आचारसंहिताको पालनाले बालबालिकाका अधिकार, विद्यार्थीहरूका व्यक्तिगत गोपनीयताबारे सचेत रहँदै शिक्षण सिकाइप्रति उत्प्रेरित गर्न तथा विद्यार्थीमाथि हुनसक्ने हिंसाबारे सचेतना बढाउनसमेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट