Sep 08 2024 | २०८१, भदौ २३ गते

सहकारीबाट ठगिएको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री

सहकारीबाट ठगिएको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ११ २०८१
  • सहकारीबाट ठगिएको पैसा जसरी पनि फिर्ता गरिन्छ : गृहमन्त्री

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् । इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

    images
    images

    ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून ल्याएर भएपनि जनताको बचत फिर्ता गरिन्छ’, लामिछानेले भने, ‘सञ्चालकको जायजेथा बिक्रि गर्न कानून अभाव भनिएको छ, यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुवात हुन्छ ।’

    रास्वपाका सभापति समेत रहेका लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पूराना दलहरुले आफूहरुलाई घेराबन्दी गर्न थालेको तर त्यसलाई तोडेर छोड्ने दृढता व्यक्त गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट