images

Jul 27 2024 | २०८१, साउन १२ गते

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

    काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

    images

    नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

    दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार